२ असार २०८१, आईतवार | Sun Jun 16 2024

नेकपा एकीकृत समाजवादी चाँडै सरकारमा सहभागी हुन्छः माधव नेपालको


१० भदौ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताएका छन् । नयाँ पार्टी गठन भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत ढंगले अघि बढाउने उद्घोष गरे । अध्यक्ष नेपालले आफ्नो पार्टी चाँडै सरकारमा सहभागी हुने औपचारिक घोषणा पनि गरे । केही दिनभित्रै प्रधानमन्त्रीसँग छलफल गरेर सरकारलाई पूर्णता दिने उनको भनाइ थियो ।

नयाँ पार्टीको नीतिबारे संक्षेपमा चर्चा गर्दै अध्यक्ष नेपालले नेपाल कृषिप्रधान देश भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दाबी पनि गरे । सुकुम्बासी समस्या समाधान, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सात विषयलाई आफ्नो पार्टीले महत्व दिने उनको भनाइ थियो । एकीकृत समाजवादी पार्टीले सरकारी जागिर खानेलाई पार्टीको सदस्यता वितरण नगर्ने नीति लिएको छ ।

उनले भने, एमालेसँग पार्टी एकताकाे सम्भावना जीवितै रहेकाे छ । ‘एमालेसँग सधैंभरि एकताको ढोका खुलै हुने छ। एमालेमा विद्रोह गरेर आएमा एकता हुन्छ ’, उनले भने, ‘शत्रुताको बाटो छाडेर आए एकता हुन्छ।’

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १६:१५