जनगायक गायक जेबी टुहुरेको निधन
१० भदाै, काठमाडाैँ । जनगायक जेबी टुहुरेको निधन भएको छ। मंगलबार दिउँसो काठमाडौँको कलंकीस्थित निवासमा लडेपछि उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएका उनकाे उपचारका क्रममा निधन भएको हाे ।
वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले १ सय ५० भन्दा बढी गीत गाएका छन्। ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको चर्चित जनवादी गीत उनको सबैभन्दा प्रख्यात गीत हो। जुन गीत उनले वि.सं. २०३४ सालदेखि गाउँदै आएका थिए।
टुहुरेले गाएको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि मानिसहरुको जिब्रोमा झुण्डिएको छ।
टुहुरेलाई एकीकृत माओवादीले दोस्रो संविधानसभामा समानुपातिक सभासद पनि बनाएको थियो। उनको पार्थिव शरीरलाई आजै दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिँदैछ। त्यसपछि दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार तयारी गरिएको छ।
प्रकाशित मिति : August 26, 2021 at 1:25 pm





