५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तराईमा आज होली, हर्ष र उल्लासकासाथ मनाइदै


१८ फागुन, पर्सा । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व हर्ष र उल्लासका साथ मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ ।

तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने प्रचलन रहेको छ ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसीयाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार ०९:०८