माधव नेपाल बसेको चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौँ प्रशासनले सोध्यो स्पष्टिकरण
८ भदाै, काठमाडौँ । माधव नेपाल समूहका नेताहरु बसिरहेको चन्द्रागिरी हिल्ट रिसोर्टलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्टिरकण सोधेको छ । प्रस्तावित एकीकृत समाजवादीकाे बैठक चलिरहेको उक्त रिसोर्टलाई काठमाडौँ जिल्ला प्रशासनले निषेधाज्ञा उल्लंघन गरेर किन भिडभाड गराएको भन्दै स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
सोमबार बेलुकादेखि रिसोर्टमा उक्त पार्टीको भेला चलिरहेको छ । भेलामा १०० जना भन्दा बढी नेताहरु सहभागी रहेका छन् । पछिल्लो समयमा नेकपा एमालेबाट अलग भई नयाँ दल दर्ता प्रक्रियामा रहेका नेता माधवकुमार नेपालले २० प्रतिशत जोगाउन कठिन हुने भएपछि प्रेम आलेको व्यवस्थापनमा आफू निकटका नेता र सांसदलाई चन्द्रागिरी हिल्स रिसोर्टमा थुनेका छन ।
प्रकाशित मिति : August 24, 2021 at 1:40 pm





