लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिँने
७ भदाै, काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेश सभाबाट विश्वासकाे मत लिने भएका छन् ।
साउन २८ गते माओवादी केन्द्रका संसदीय दलका नेता केसी प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका थिए। एमालेले नयाँ सरकार बनेपछि आह्वान भएको प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गतको बैठक अवरुद्ध गर्दै आएको छ। एमालेको अवरोधका बीच केसीले विश्वासको मत लिन लागेका हुन्।
सोमबार बसेकाे प्रदेश सभाको पहिलो बैठक विपक्षी दलहरुले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो। आजको अर्को बैठकमा विपक्षीले अवरोध गरे मार्शल लगाएर भए पनि विश्वासको मत लिने तयारी केसीको छ।
प्रदेश सभामा अहिले ८० जना सांसद छन्। विश्वासको मत पाउन ४१ मत ल्याउनुपर्ने हुन्छ। एमालेसँग ३८ जना सांसद रहेका छन् भने सत्तापक्षसँग ४२ जना सांसद रहेका छन्।
प्रकाशित मिति : August 23, 2021 at 3:16 pm





