शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने एमालेलाई लुम्बिनी प्रदेशसभा सचिवालयको जवाफ
६ भदौ बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले कारबाही गरेका दुई सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ । एमालेले ह्वीप उल्लंघन गर्ने सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो ।
सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।
सचिव दुर्लभकुमार पुन मगरका अनुसार एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई पत्र दिइएको छ ।
प्रकाशित मिति : August 22, 2021 at 2:38 pm





