रगत अभाव हुन नदिन लायन्स क्लब अफ नुवाकोट क्यापिटलको सक्रियता
५ भदाै, नुवाकोट । लायन्स क्लब अफ नुवाकोट क्यापिटलकाे आयाेजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नुवाकोट क्याम्पस गेट, बट्टार बजारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको कार्यक्रम संयाेजक सुवास श्रेष्ठले जानकारी दिए।

उक्त कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का क्लस्टर चिफ अनुज कुमार श्रेष्ठ, लायन्स माेडल भिलेज नुवाकोटका प्रमुख श्रीकृष्ण रिजाल, डिस्ट्रिक एडभाईजर राजु अमात्य लगायतको उपस्थिति रहेकाे क्लबका अध्यक्ष दिनेश कुमार श्रेष्ठले बताए।

प्रकाशित मिति : August 21, 2021 at 9:02 pm





