२८ भदौ २०८३, आइतबार | Mon Sep 14 2026

बागमती प्रदेशका प्रमुख शर्माले लिए पद तथा गोपनीयताको सपथ

४ भदाै, काठमाडाैँ । बागमती प्रदेशका नवनियुक्त प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले सपथ लिएका हुन्। शुक्रबार साँझ राष्ट्रपति भवन शितलनिवासमा नेपालको संविधानको धारा १६७ अनुसार उनले सपथ लिएका हुन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

प्रकाशित मिति : August 20, 2021 at 6:58 pm