३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

पार्टी दर्ता हुनेबित्तिकै राष्ट्रिय सम्मेलनको तयारीमा जुट्ने माधव नेपालकाे घाेषणा

४ भदाै, काठमाडाैँ ।माधवकुमार नेपालले दर्ता प्रक्रिया सकिने बित्तिकै नव गठित नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिने बताएका छन् । उनले राष्ट्रिय सम्मेलन गरी छुटेकालाई समेत समावेश गरेर पूर्णता दिइने उबताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले साे कुरा बताएका हुन् ।

उनले भनेका छन्, ‘हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पुर्‍याउनु पर्ने महिला कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ ।’

‘हाम्रो दर्ता प्रक्रिया वैधानिकरूपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ ।’ नेपालले भनेका छन्, ‘नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम् समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ’, उनले भनेका छन् ।

प्रकाशित मिति : August 20, 2021 at 6:00 pm