२८ भदौ २०८३, आइतबार | Mon Sep 14 2026

बोर्डका अध्यक्ष ढुंगाना, संचालक ढकाल र नेप्से सीईओ साउदलाई निलम्बन गरेर अनुसन्धान गर्न आग्रह

४ साउन, काठमाडाैँ । शेयर बजारमा भएको इन्साइडर ट्रेडिङको विषयमा बहालवाला वा पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन सांसदहरूले माग गरेका छन् । शुक्रबार संसदको अर्थसमितिमा सहभागी सांसदहरूले अर्थमन्त्री जनार्दन शर्मासँग यस्तो माग गरेका हुन् ।

बैठकमा सांसद रामबावु यादवले धितोपत्र बोर्डका अध्यक्ष भिष्राज ढुंगाना र नेप्से सिईओ चन्द्रसिंह साउदलाई निलम्वन गरेर छावविन गर्न माग गरेका हुन् । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरिको नाम र नेप्से सिईओ साउदले श्रीमतीको नाममा गरेको सेयर कारोबारको विषयमा निलम्बन गरेर छानविन गर्नुपर्ने बताएका हुन् । निलम्बन नगरी कसरी अनुसन्धान हुन्छ ? उनले प्रश्न गर्दै भने, ‘उहाँले अनुसन्धानलाई प्रभावित पार्न सक्नुहुन्छ, त्यसैले निलम्बन गरेर छानविन गर्नुपर्छ ।’

सांसद रामकुमारी झाक्रीले बोर्डका कर्माचारीहरुले नै धितोपत्र बोर्ड अध्यक्षका विषयमा धेरै प्रश्न उठाएकाले यसलाई सामान्य रुपमा लिन नहुने बताइन्। उनले यसमा संलग्नलाई तत्कालै निलम्बन गरी छानबिन गर्न गरिन् । उनले उद्योग वाणिज्य महासंघले बोर्डमा पठाउने संचालक स्वार्थ नबाझिने खालको हुनुपर्ने समेत बताइन् ।  सांसद सत्या पहाडीले पूर्व सरकारले गरेका नियुक्तिहरुमा कमजोरी रहेको र अन्य पनि विस्तारै खुल्दै जाने बताइन् । दोषीलाई कारबाही नहुने भए यसले गलत संस्कार बस्ने उनको भनाई छ ।

प्रकाशित मिति : August 20, 2021 at 1:57 pm