३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

१४ सांसद पदमुक्त भएको सूचना निकाल्न सभामुखलाई एमालेको आग्रह

३ भदौ, काठमाडौँ । माधव नेपालसहितका १४ सांसदलाई कारबाही गरेको सूचना टाँस्न नेकपा एमालेले सभामुख अग्नी सापकोटासँग अनुरोध गरेको छ । बिहीबार सिंहदरबारमा रहेको सभामुख सापकोटाको कक्षमै भेटेर प्रमुख सचेतक विशाल भट्टराई लगायतका एमाले नेताले तत्काल कारबाहीको सूचना टाँस्न आग्रह गरे ।

सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताए । नेता भट्टराईले अरु दलका नेतालाई तत्काल कारबाही गरेपनि ७२ घण्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ जना नेताहरुलाई कारबाही गर्न विलम्ब गरिरहेको बताए ।

उनले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानुनी, गैर संवैधानिक, वधनियत र नेकपा एमालेलाई जसरी पनि टुक्राउँछु भन्ने नियत रहेको बताए । उनले भने, ‘सम्माननीय सभामुख ज्यूले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई २४ घण्टा नबित्दै सूचना जारी गरेर निष्कासन गर्नुभयो । त्यसपछि टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभू साह, लेखराज भट्टलगायत प्रतिनिधि सभा सांसदहरुलाई प्रचण्ड कमरेडले सिफारिस गरीसकेपछि ७२ घण्टाभित्र सूचना प्रकाशित गरेर उहाँहरुलाई निष्कासन गर्नुभयो, तर नेकपा एमालेले गरेको हकमा के कारणले विलम्ब भइरहेको छ भनेर प्रश्न सोध्यौं ।’

प्रकाशित मिति : August 19, 2021 at 2:38 pm