३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

माधव नेपालले एमाले जोडेर नयाँ पार्टी गठन गर्न पाउँदैनन्ः सूर्य थापा

२ भदाै, काठमाडाैँ । नेकपा एमालेका नेता एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले माधव नेपालले एमाले जोडेर नयाँ पार्टी गठन नमिल्ने बताएका छन । सामाजिक सञ्जाल मार्फत नेता थापाले नेपालले एमालेसँग नामा जुधाएर कुनै पनि पार्टी गठन गर्न नसक्ने बताएका छन ।

उनले भनेका छन, ‘निर्वाचन आयाेगले माधव कु. नेपालकाे दरखास्त बमाेजिम नेकपा एमाले (समाजवादी) नाममा नयाँ पार्टी दर्ता गरेकाे छैन। उसले यसरी एमाले जाेडेर दर्ता गर्न २०७७ फागुन २३ काे नजिरअनुसार पनि पाउँदैन र सक्दैन। छुट्टै नाम आधिकारिक रूपमा नपाउँदै गैरकानुनी रूपमा एमाले जाेडेर भ्रम सिर्जना गर्नु अनाधिकृत, गैरजिम्मेवार र खेदजनक कृत्ये कार्य हाे ।’

उनले नेपाल समूहलाइ नक्कली कांग्रेसको झुण्ड भन्दै अघि भनेका छन, ‘खासमा नक्कली काँङ्ग्रेसकाे झुण्डले यसाे गरेर एमाले र यसका तमाम शुभेच्छुकजनहरूमा अब कुनै प्रकारकाे भ्रम पर्ने छैन। वास्तवमा आजबाट कित्ता क्लियर नै भइसक्याे । मिस्टर नेपालमा एक सुका बराबरकाे राजनीतिक संस्कार र नैतिकता छ भने यसढंगकाे नाम दुरूपयाेगकाे कार्यलाई अविलम्ब राेक्न ध्यानाकर्षण गराइन्छ। अन्यथा आवश्यक कानुनी कारबाही अघि बढ्ने नै छ।“

प्रकाशित मिति : August 18, 2021 at 10:00 pm