३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

तेस्रो वरियतामा बस्नुपर्ने भएपछि बामदेव गाैतम माधव नेपालको पार्टीमा गएनन्

२ भदाै, काठमाडाैँ । तेस्रो वरियतामा बस्नुपर्ने भएपछि बामदेव गाैतम माधव नेपालको पार्टीमा जानबाट रोकिएका छन । नेपालको पार्टीको दोस्रो वरियतामा भारतमा मिर्गाैला प्रत्यारोपण गरेर उपचार गराइरहेका झलनाथ खनाललाइ दिइएको छ । तेस्रो वरियतामै बस्नुपर्ने भएका कारण एमालेबाट विभाजित भएर बनेको एमाले समाजवादी पार्टीमा वामदेव गौतम अनुपस्थित देखिएका छन् । उनले नेपाललाई साथ दिने आश्वासन दिएको भए पनि आज दर्ता भएको पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम छैन । गौतम पार्टीमा विवाद शुरू भएसँगै कहिले यता र कहिले उता गरिरहेका छन ।

प्रकाशित मिति : August 18, 2021 at 5:47 pm