माधव नेपालको नयाँ पार्टी दर्ताको जिम्मेवारी राजेन्द्र पाण्डेलाई
१ भदौ, काठमाडौँ । माधवकुमार नेपालले नयाँ पार्टीको प्राविधिक काम गर्ने जिम्मेवारी राजेन्द्र पाण्डेले पाएका छन । दल विभाजनका लागि आवश्यक हस्ताक्षरसहित पाण्डेलाइ जिम्मेवारी दिइएको नेपाल निकटका एक नेताले दैनिकीलाइ जानकारी दिए । माधव नेपालले मंगलबार भएको छलफलपछि नयाँ दल निर्माणका लागि आवश्यक कागजात र बन्दोबस्तीको व्यवस्थापनका लागि नेता पाण्डेलाई जिम्मेवारी दिएका हुन । पाण्डे एमालेको सरकार ढालेर कांग्रेस र माओवादीको साथ लिएर बागमतीमा मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन । पाण्डेले शनिबार भएको एक कार्यक्रमा यही साता नयाँ दल घोषणा हुने जानकारी दिएका थिए ।
प्रकाशित मिति : August 17, 2021 at 5:52 pm





