३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

अध्यादेश ल्याएपछि राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री देउवा

१ भदाै, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेका छन्। मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन गर्न अध्यादेश ल्याउएपछि त्यसलाई प्रमाणीकरण गराउनका लागि देउवा शितल निवास पुगेका हुन् ।

अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्न देउवा शीतल निवास पुगेकाे बालुवाटारनिकट स्रोतले जनाएकाे छ ।  यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो ।

यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : August 17, 2021 at 2:31 pm