३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

प्रधानमन्त्री देउवा र जसपाका नेता महन्थ ठाकुरबीच भेटवार्ता

१ भदौ , काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा उनिहरुले प्रधानमन्त्री देउवासँग मधेसका माग र मुद्दा सम्बोधनको प्रक्रियाबारे चासो व्यक्त गरेकाे नेता भण्डारी जानकारी दिए ।

भेटमा जसपाका नेताहरुले नागरिकतासम्बन्धी विधेयक, मधेस आन्दोलनका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायत माग सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले आफूले संसद्मा विश्वासको मत लिने बेलामा मधेसका माग सम्बोधन गर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै सरकार व्यवस्थित भएपछि माग सम्बोधन प्रक्रिया अघि बढ्ने बताएको नेता भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : August 17, 2021 at 1:46 pm