३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

काबुलबाट उद्धार भएका १२७ नेपाली काठमाडौँ आइपुगे

१ भदाै, काठमाडौँ । अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना नेपालीहरु काठमाडौँ आइपुगेका छन् । उनीहरू जजिरा एयरवेजको जहाजमार्फत मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण  गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कुबेत पुर्याएको थियो ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल आइपुगेका हुन् ।

प्रकाशित मिति : August 17, 2021 at 11:23 am