२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

३२ साउन, काठमाडाैँ । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ । २०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी बढुवा हुनुभएको हो ।

करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएको थियो । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गर्नुहुन्छ ।

रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गर्नुभएको छ । बैंकिङ्ग क्षेत्रसँग सम्बन्धी दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिनुभएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिनुहुन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १७:०३