३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

७ महिनामा अन्तर बैंक कारोबार ६ खर्ब ३६ अर्ब

५ चैत, काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा अन्तर बैंक कारोबारमा गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा अन्तर बैंक कारोबारमा कमी आएको देखिएको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार सात महिनामा अन्तर बैंक कारोबार कुल ६ खर्ब ३६ अर्ब २२ करोड रहेको छ । जसमा वाणिज्य बैंकहरूले ५ खर्ब ५९ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरूले ७६ अर्ब ३६ करोड कारोबार गरेको छ।

तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ९ खर्ब ३७ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरूले १ खर्ब ०२ अर्ब २० करोड गरी कुल १० खर्ब ४० अर्ब १ करोडको अन्तर–बैंक कारोबार गरेका थिए।

प्रकाशित मिति : March 19, 2026 at 1:11 pm