३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकलाई अनसन फिर्ता लिन सरकारको आग्रह

३२ साउन, काठमाडाैँ । सरकारले बेलायतको लण्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुलाई आमरण अनसन फिर्ता लिन आग्रह गरेको छ। सरकारले बेलायती नागरिक सरह सुविधा पाउनुपर्ने सहितका मागसहित आन्दोलनरत भूतपूर्व ब्रिटिश गोर्खा सैनिकको माग कूटनीतिक माध्यमबाट सम्बोधन पहल गर्न प्रतिवद्धता जनाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकलाई आन्दोलन छाड्न आग्रह गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। कार्कीले भने, ‘उनीहरुका ती माग कूटनीतिक पहलमार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको लण्डनमा जारी आमरण अनसनसहितका विरोध कार्यक्रम फिर्ता लिन आह्वान गरिएको छ’ । सरकारले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल सुरु गरिसकेकाे पनि कार्कीले बताएका छन्।

प्रकाशित मिति : August 16, 2021 at 12:47 pm