अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने सरकारको निर्णय
३२ साउन, काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ।’ त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेकाे छ ।
प्रकाशित मिति : August 16, 2021 at 12:37 pm





