२१ असार २०८१, शुक्रबार | Sat Jul 6 2024

अफगानी राष्ट्रपति घानीले भने, रक्तपात राेक्न देश छोडेँ


३२ साउन, काठमाडाैँ । तालिबानले दबाब बढाउँदै लगेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोड्नुकाे कारण बताएका छन् । देश छाेडेपछि उनले आफ्नो फेसबुक पेजमा रक्तपात राेक्न देश छोडेकाे बताएका छन् । उनले देश छोड्नु परेको कारण लेख्दै यो निर्णय गर्न आफूलाई निकै कठिन भएको समेत बताएका छन् ।

तालिबानले भाला र बन्दुकको बलमा जित हासिल गरेको भन्दै घानीले देशवासी, उनीहरुको सम्मान, सम्पत्ति र आत्मसम्मानको रक्षा गर्नु अब तालिबानको जिम्मा रहेको बताएका छन् ।

उनले तालिबानले अब नयाँ ऐतिहासिक परीक्षाको सामना गर्ने उल्लेख गरेका छन् । उनले लेखेा छन्, ‘तालिबानले देश र देशवासीको नाम र सम्मानको रक्षा गर्ने छन् कि अरु क्षेत्र वा नेटवर्कलाई प्राथमिकता दिने छन् ।’

धेरैमा तालिबानलाई लिएर विश्वास नरहेको अवस्थामा सबै पक्ष, सहयोग, क्षेत्र र विशेष गरि महिलाहरुको विश्वास प्राप्त गर्नु तालिबानको चुनौती रहेको पनि घानीले बताएका छन् ।

तालिबान विद्राेही समूह राजधानी काबुलकाे बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले हिजाे अफगानिस्तान छाडेका हुन् । घानी अफगानिस्तानबाट ताजकिस्तान वा उज्वेकिस्तान गएकाे अनुमान गरिएकाे छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १०:०७