२१ असार २०८१, शुक्रबार | Sat Jul 6 2024

गानीले देश छाडेपछि तालिवानद्वारा काबुलमा रहेकाे राष्ट्रपति भवन कब्जा


३१ साउन, काठमाडाैँ ।  राष्ट्रपति असरफ गानीले देश छाडेपछि तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । बीबीसीले रोएटर्सलाई उदृत गर्दै तालिवान विद्रोहीबाट राष्ट्रपति भवन कब्जा भएको जनाएको छ ।

प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले तालिवान लडाकूहरुले बगरम र पूर्व बमियान प्रान्तको पूर्व अमेरिकी एयरबेस सहित धेरै क्षेत्र कब्जा गरेको छ ।

देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो भने वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति गानी देश छाडेर विदेश भागेका थिए ।

अन्तर्राष्ट्रिय संचारमाध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका थिए ।

सम्झौताअनुसार सत्ता हस्तान्तरण कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने तय भएको थियो । उक्त समारोहमा गानी सहभागी हुने बताइएकाे थियो । तर उनी एकाएक विदेश भागेका हुन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ००:३८