३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

बुवाले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु

३० साउन, काठमाडाैँ । बुवाले हानेको भरुवा बन्दुकको छर्राले लागेर शनिवार छोराको मृत्यु भएको छ । पाल्पाकाे रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवास्थित तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

५६ वर्षीय कर्णबहादुरले शुक्रवार साँझ ६ बजे भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई हान्दा छर्राले छोरालाई लागेको थियो । स्याललाई ताकेको बन्दुकको छर्राले लागेर उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दियाे ।

प्रकाशित मिति : August 14, 2021 at 11:12 am