३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

काेराेना अपडेटः ३२६० संक्रमित थपिए, ३२ जनाको मृत्यु, २२९४ संक्रमणमुक्त

२८ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १०,८०६ जनाको पीसीआर परीक्षण गर्दा २४७३ र ४६५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७८७ जना गरी थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३२ जनाको मृत्यु भएको छ। सोही अवधिमा २२९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : August 12, 2021 at 5:42 pm