२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

अब प्रदेश र स्थानीय तहमा हस्तान्तरण भैसकेको करिब तीन खर्ब बजेट के हुन्छ ?

२८ साउन, काठमाडाैँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई पत्राचार गरेर बजेटको कार्यान्वयन रोक्न भनेकोमा आश्चर्य प्रकट गरेका छन । पूर्व सञ्चार र सहरी विकास मन्त्री समेत रहेका बाँस्कोटाले ट्वीट मार्फत प्रतिक्रिया दिँदै अर्थले विकास आयोजनाहरुको पुनप्राथमिकीकरण गर्न भन्दै केही नगर्न अन्य मन्त्रालयहरुलाई पत्र पठाएकोमा असन्तुष्टि जनाएका छन । उनले अब प्रदेश र स्थानीय तहहरुमा हस्तान्तरण भैसकेको करिब तीन खर्ब बजेट के हुन्छ ? भन्ने प्रश्न समेत गरेका छन । उनले भनेका छन, ‘अर्थमन्त्रालयले विकास आयोजनाहरुको पुनप्राथमिकीकरण गर्न भन्दै केही नगर्न अन्य मन्त्रालयहरुलाई पत्र पठाएछ। अब प्रदेश र स्थानीय तहहरुमा हस्तान्तरण भैसकेको करिब तीन खर्ब बजेट के हुन्छ? देशभर अन्यौल।बाफरे बाफ परमादेश सरकार !’

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १५:३३