२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

२८ साउन, काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  छापा मारेको छ ।  स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा पुगेको हो ।

बीपी प्रतिष्ठानमा औषधि, उपकरण खरिद, भौतिक निर्माणलगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीको मिलेमतो गरी बजार मूल्यभन्दा बढी मूल्यमा खरिद गरेको र ठेक्का लगाएको सूचना बाहिर आएपछि अख्तियारको टोलीले प्रतिष्ठानमा छापा मारेको हो।

प्रतिष्ठानमा नियम विपरित उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल, रजिष्टार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साह र लेखा प्रमुख र खरिद शाखा प्रमुखको मिलेमतोमा प्रतिष्ठानमा करोडौं रकम हिनामिना गरेको उजुरीका आधारमा अख्तियारको टोलीले प्रतिष्ठानमा छापा मारेको हो। टोलीले प्रतिष्ठानको लेखा शाखा, खरिद शाखा, स्टोरलगायतका शाखामा गई आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १५:०४