२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सरकारलाई माओवादी सांसदकाे प्रश्नः कुलमानबाहेक राम्रो काम गर्ने अरु कोही छैन ?

२८ साउन, काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले कुलमान घिसिङबाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले कुलमानबाहेक अरू कोही नदेखेको कुलमान बुढो भएपछि सरकारले के गर्छ ? भन्दै प्रश्न गरेका छन् ।

‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त याे सरकारले ? उनले प्रश्न गरेका छन् ।

सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १४:२८