३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

युवा हितका लागि सहयोग गर्ने मुख्यमन्त्री पौडलको प्रतिबद्धता

२८ साउन, कवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा हितका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वाग्मती प्रदेश युवा परिषद्को हेटौँडा–४ हुप्रचौरस्थित कार्यालय उद्घाटन कार्यक्रममा उनले परिषद्ले युवा हितका लागि उल्लेख्य काम गर्न सक्नुपर्ने भन्दै युवाको चौतर्फी विकास गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

मुख्यमन्त्री पौडेलले युवालाई स्वदेशमै रोजगार अवसर सिर्जना गर्न र उद्यमशील बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने उल्लेख गरे । कार्यक्रममा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले युवा मुलुकको गहना भएको उल्लेख गर्दै युवाका लागि खेलकुद, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा परिषद्ले काम गर्नुपर्ने बताए। उनले अब युवालाई रोजगारमूलक सीप सिकाउनुपर्ने बताए ।

प्रकाशित मिति : August 12, 2021 at 11:25 am