३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

२४ घण्टामा थप ३४८१ जनामा कोराेना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

२७ साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३४८१ जनामा कोराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १०,९०७ जनाको पीसीआर परीक्षण गर्दा २६१६ र ५७४९ जनाको एन्टिजेन परीक्षण गर्दा ८६५ जना गरि थप ३४८१ जनामा कोराेना संक्रमण पुष्टि भएकाे हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ । यस अवधिमा १८८५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ३३ जना रहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए ।

प्रकाशित मिति : August 11, 2021 at 4:48 pm