१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आजदेखि अनलाइनबाटै शेयरको किनबेच, शेयरमा स्वचालित विद्युतीय कारोबार प्रणाली लागू

१ साउन, काठमाडौँ । आजदेखि अनलाइनबाटै शेयरको किनबेच गर्न मिल्ने भएको छ । धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ लागू गर्दै अब अनलाइनबाटै शेयरको किनबेच गर्न सकिने व्यवस्था गरेको हो ।

आजदेखि शेयरमा स्वचालित विद्युतीय कारोबार प्रणाली लागू भएको छ । अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहज रुपमा शेयर कारोबार गर्न सकिने बोर्डले जनाएको छ ।

बोर्डका प्रवक्ता निरज गिरीले अनलाइनबाट शेयर कारोबार गर्नका लागि कारोबारकर्ताले पहिलोपटक शेयर दलालको कार्यालयबाट ‘युजरनेम’ र ‘पासवर्ड’ लिनुपर्ने र त्यसपछि भने घरैमा बसेर अनलाइनबाट कारोबार गर्नसक्ने बताए ।

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार ११:२६