३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित

२७ साउन, काठमाडाैँ । लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पेश भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बोलाइएको प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको हो ।

सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री पोखरेललाई जवाफ दिनका लागि बैठक एक घण्टा स्थगित गरिएको जानकारी दिए । मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिएका छन् ।  तर, उनको उनको राजीनामा पत्र प्रदेशसभामा पेश नभएको सभामुख घर्तीले जानकारी दिए । सो बैठकमा सत्ता पक्षका सांसदहरु उपस्थित छैनन् ।

प्रकाशित मिति : August 11, 2021 at 2:42 pm