२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एससीसीका बाेर्ड सदस्य कुलमानले विद्युत् प्राधिकरणको जिम्मेवारी सम्हाले

२७ साउन, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले सकेसम्म प्राधिकरणको छवि उँचो बनाउने र नागरिकलाई सस्तो र सुलभ बिजुली दिँदै कम्पनीलाई नाफामा लैजाने बताएका छन । घिसिङले ठूला आयोजनाको पूर्णता र सञ्चालन तथा विद्युत् खपतको विषयमा धेरै काम गर्नुपर्ने भएकाले आफ्नो ध्यान त्यतै केन्द्रित रहने बताए ।

एससीसीका बाेर्ड मेम्बर समेत रहेका घिसिङलाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरू, कर्मचारी र आधिकारिक ट्रेड युनियनले स्वागत गरे । उनीहरूले घिसिङको पहिलो कार्यकाल निकै सफल भएको भन्दै दोस्रो कार्यकाल पनि सफल बनाउन आफूहरूको पूर्ण सहयोग हुने बताएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १४:५५