कुलमान घिसिङले लिए नियुक्तिपत्र
२७ साउन, काठमाडाैँ । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदको नियुक्तिपत्र बुझेका छन् । उनले बुधवार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्तिपत्र बुझेका हुन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : August 11, 2021 at 2:07 pm





