२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्धको रिटको सुनुवाई न्यायाधीश भट्टराईको इजलासमा

२७ साउन, काठमाडौँ । लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै नेकपा एमालेका सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अदालतमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव र त्यसमाथि छलफल गर्न प्रदेश प्रमुखले बोलाएको प्रदेशसभा अधिवेशन असंवैधानिक रहेको भन्दै परेको रिटमाथिको सुनुवाइ आज हुँदै छ ।यसअघि मङ्गलवार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ११:३४