लुम्बिनीमा मुख्यमन्त्रीको निवासमा मन्त्रिपरिषद् बैठक, शंकर पोखरेलले राजिनामा दिँदै
२७ साउन, काठमाडाैँ । सरकारबाट बहिर्गमन निश्चित भएपछि बुधवार विहानै लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठक बसेको छ। बैठकका लागि सरकारका मन्त्रीहरु विहानै मुख्यमन्त्री निवासमा पुगेका छन्। बैठकमा मुख्यमन्त्री पोखरेलले राजिनामाको मनस्थीतीमा पुगेकोले मन्त्रि परिषदका मन्त्रीहरुलाई सहकार्यका लागि धन्यवाद दिने र आगामी रणनीतीबार छलफल गर्ने बुझिएको छ।
मुख्यमन्त्रीले राजिनामा दिने सोंचमा पुग्नु भएको छ।यो वहाको कार्यकालको अन्तिम बैठक हुन सक्छ एक एमाले सांसदले भने । सत्तारुढ एमाले अल्पमतमा परेको र बिपक्षीहरुले अबिश्वास प्रस्ताव पेश गरेको अवस्थामा मुख्यमन्त्रीलाई राजिनामाका लागि दवाव पर्दै आएको छ।
मन्त्रीपरिषद बैठक लगत्तै एमाले संसदीय दलको बैठक बस्ने र त्यस पछि पत्रकार सम्मेलन गरेर राजिनामा गर्ने तयारी रहेको एमाले सांसदहरु बताउछन् ।
प्रकाशित मिति : August 11, 2021 at 8:49 am





