२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

लुम्बिनीमा विपक्षीलाई आफ्नै सांसदकाे भर लागेन, कपिलवस्तुबाट लुम्बिनी सारियाे

२६ साउन, काठमाडाैँ । लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले आफ्नै सांसदकाे भर नलागेपछि उनिहरूलाई कपिलवस्तुको रिसोर्टबाट लुम्बिनी सारिएकाे छ । बुधबार बस्ने प्रदेशसभा बैठकलाई लक्षित गरेर सांसदहरूलाई रुपन्देहीको लुम्बिनी क्षेत्रभित्र पर्ने लुम्बिनी गार्डेनमा सारिएकाे हाे ।

सांसदहरूलाई गठबन्धनले कपिलवस्तुको वाणगंगास्थित राजापानी रिसोर्टमा राखेको थियो । गठबन्धनले आफ्ना सांसद बेचिनसक्ने डरले सोमबारदेखि एकैठाउँमा राखेको छ । सांसदहरुलाई राखिएको होटलमा बाहिरी मान्छेलाई प्रवेश गर्न दिइएको छैन छ ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा लगायतको गठबन्धन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढलाएर र माओवादीका कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनाउन जोडतोडले लागेको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश प्रमुखले आह्वान गरेको बुधबारको बैठकका लागि माओवादी सांसदहरू रिसोर्ट नै बूक गरेर एकीकृत भएका छन् । गठबन्धनमा ४१ सांसद छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार २०:०५