२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एकैदिन ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

२६ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १३,२१७ जनाको पीसीआर परीक्षण गर्दा ३१९४ र ५९०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७१० जनामा कोरोना पुष्टि भएको छ ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ। सोही अवधिमा २११५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १७:१४