२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रधानमन्त्रीज्यू मन्त्री बन्न नपाएर हिरिक्क गर्न थालेका मेरो पार्टीका मान्छेलाई मन्त्री दिनुस्

२६ साउन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट आएका मान्छेहरुलाई पनि मन्त्री दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । उनले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

ओलीले भने, ‘मेरै पार्टीका केही मान्छेहरु पाउँला र खाउँला भनेर यहाँका पछाडि कुदेका छन् प्रधानमन्त्रीज्यू । तिनीहरुलाई मन्त्री दिनुस्, किन बिलम्ब गर्नुभएको ?

“प्रधानमन्त्रीज्यू, मेरै पार्टीका मान्छे पाउँला र खाउँला भनेर आएका छन् । मन्त्री दिनुस् न !,” ओलीको भनाइ थियो, “फ्याँ फ्याँ गरेका छन् । बिहान बेलुका चाकडीमा हाजिर भएका छन् । मेरो दलमा घाटा भए पनि सहुँला मन्त्री दिनुस् प्रधानमन्त्रीज्यू ।”

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १५:३९