२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमसीसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?

२६ साउन, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष एवम् विपक्षी दलका नेता केपी शर्मा ओलीले न्युनतम साझा कार्यक्रममा एमसीसीको विषय हराएको बताएका छन्।

उनले प्रतिनिधी सभामा सम्बोधन गर्दै अहिलेको गठबन्धन सरकारमा हुँदा एमसीसी सम्झौता गरेको बताउँदै गठबन्धनको साझा कार्यक्रममा एमसीसीको विषयमा कतै उल्लेख नभएको बताए। ‘खै त मैले एमसीसी देखिन त,’ उनले भने ‘केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्दै हुनुहुन्छ।’

उनले आफूलाई गाली गर्दै क्लिप बजाएर एमसीसी पास गर्ने वातावरण बनाई रहेको बताए। ‘नेपाली जनताले जान्न चाहेको छ। के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू’ ओलीले भने ‘१६५ जनाको विश्वासको मत पाएको सरकारले के गर्छ?’

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १४:४४