२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

चेकिङमा रहेका नेपाल प्रहरीका इन्सपेक्टरको मोटरसाइकलको ठक्करबाट मृत्यु

२६ साउन, काठमाडाैँ । चेकिङमा रहेका नेपाल प्रहरीका इन्सपेक्टरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मोटरसाइलको ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।

सोमबार राति लु १४ प ७५ नम्बरको मोटरसाइकलले चेकिङ ड्युटीमा रहेका वाग्लेलाई ठक्कर दिएको थियो । लामाका अनुसार वाग्लेलाइ ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका घर भएका १८ वर्षीय दिपेन्द्र पुन पक्राउ परेका छन ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार ०८:५७