२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

बढ्दै भ्रष्टाचारविरुद्धको अावाज, कसले के भने ? 

१८ फागुन, काठमाडाैँ । भ्रष्टाचारले अाक्रान्त नेपाललार्इ राजनीतिक स्थायीत्वले विकास र समृद्धिको बाटाेमा डोर्याउछ भन्नेहरू पर्याप्त छन । पिछल्लाे पटक त राज्यका माथिल्लो निकायमा बसेका उच्चपदस्थ व्यक्तिहरूले भ्रष्टाचारका सम्बन्धमा चर्को अभिव्यक्ति दिइरहेका छन । हामीले केही प्रतिनिधि भनाइहरू यहाँ प्रस्तुत गरेका छाैँ ।

केपी शर्मा अोली, प्रधानमन्त्री 

–भ्रष्टाचारीलाई टपक्क टिपेर फालिन्छ,

–म उपदेश मात्र दिन्न विकासका लागि काम नै शुरु गरिसकें

–दुई अंकको आर्थिक बृद्धिदरका लागि सरकार अग्रसर

पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री 

–भ्रष्टाचारीलाई एकएक गरी जेल हालिन्छ

–चौतर्फि रुपमा समृद्धि दिन्छौं

रामबहादुर थापा बादल, गृहमन्त्री

–घुसखोरी, नातावाद, कृपावाद अब यो मुलुकमा चल्दैन

युवराज खतिवडा,  अर्थमन्त्री

–राजश्व संकलनमा कमजोरी गरे कारवाही गरिनेछ

–अब ब्यूरोक्रेसी सजग भए हुन्छ

लालबाबु पण्डित, मन्त्री 

–अब एक वर्षपछि काठमाडौंमा मास्क लगाउनु पर्दैन

शेरधन राई, मुख्यमन्त्री

–भ्रष्टाचार न्यूनिकरण गर्दै प्रदेश १ लाई समृद्ध बनाउँछु

भविश्वर पराजुली, माओवादीका युवा नेता

–भ्रष्टाचारीलाई पनि गुण्डालाई जस्तै इन्काउण्टर गर्नुपर्छ

प्रकाशित मिति : March 2, 2018 at 9:52 am