२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

जसपाका ३ नेताको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

२५ साउन, काठमाडौँ । जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि लुम्बिनी प्रदेशसभा सांसद पदमुक्त भएका तीनजना सांसदको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा भएको सुनुवाइपछि अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने बारेमा लुम्बिनी प्रदेशसभालाई कारण देखाउ आदेश जारी गरेको छ ।

प्रदेशसभाबाट जसपाको कारवाहीका आधारमा पदमुक्त भएका  विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेले पुनर्वहालीको माग गर्दै रिट दर्ता गराएका थिए ।

अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रदेशसभा सचिवालयलाई आदेश दिएको छ । अदालतले छलफल गर्न भदौ ८ गते दुवै पक्षलाई बोलाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १४:३५