२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

कीर्तिपुर नगरपालिकाका मेयर र उपमेयर दुबै एमालेमा, माधव समूह कमजोर बन्दै

२५ साउन, काठमाडाैँ । कीर्तिपुर नगरपालिकाका मेयर र उपमेयर एमालेको संस्थापन पक्षमै फर्किएका छन । नेकपा विभाजनपछि केही समय प्रचण्ड-माधव समूहमा लागेर वामदेव गौतमको एकता अभियानको केन्द्रीय समितिमा रहेका मेयर रमेश महर्जन र उपमेययर सरस्वती रिजाल खड्का संस्थापन एमालेमै फर्किएका हुन ।

कीर्तिपुरमा आयोजित एक कार्यक्रमबाट मेयर महर्जन र उपमेययर रिजाल खड्काले आफूहरू अब एकता अभियानका नाममा अल्मलिन नसक्ने भन्दै एमालेमा क्रियाशील हुने बताए । एमाले नेता कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसमेत सहभागी कार्यक्रममा मेयर महर्जनले माधव नेपाल समूहले कांग्रेसलाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएपछि आफूहरूले अब नेपाल समूहलाई साथ दिन नसक्नेसमेत बताए ।  । मेयर महर्जन र उपमेयर खड्कासहितका वडाध्यक्षहरूले माधव नेपाल पक्षले पार्टीप्रति गद्दारी गरेकाले अब संस्थापन पक्षमै रहेर क्रियाशील हुने बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १४:२०