२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

एमाले स्थायी कमिटी बैठक जारी, बैठकमा उपाध्यक्ष गौतम पनि सहभागी

२५ साउन, काठमाडौँ । नेकपा (एमाले) काे स्थायी कमिटी बैठक जारी रहेकाे छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । आजको बैठक पार्टीको १० औं महाधिवेशनको तयारीमा केन्द्रित हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेको विधान संशोधन मस्यौदा प्रस्ताव स्थायी समितिबाट पारित गर्ने र त्यहाँबाट अनुमोदन भएपछि केन्द्रीय समितिमा पेश गर्ने कार्यसूची रहेको तामाङले जानकारी दिए । दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बाेलाइएकाे छ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १२:०२