२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

माधव नेपालको गुटबन्दी गरेको भन्दै वरिष्ठ नेता भन्ने पद नै खारेज गर्न बामदेवको प्रस्ताव

२४ साउन, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता भन्ने पद नै खारेज गर्न प्रस्ताव गरेका छन । विधानका बारेमा आइतबार भएको अनौपचारिक छलफलमा उपाध्यक्ष गौतमले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाउन प्रस्ताव गरेका हुन ।

वरिष्ठ नेताका नाममा माधवकुमार नेपालले देखाएको रमिताबाट सबै वाक्क दिक्क भैरहेको समयमा उपाध्यक्ष गौतमले यस्तो प्रस्ताव गरेका हुन । छलफलका क्रममा गौतमले विधानमा अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीमात्र रहनु ठीक हुने बताए । गौतमले वरिष्ठ नेता पद राख्दा गुटबन्दीको नेतृत्व त्यहिँबाट हुने र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई काम गर्न गाह्रो हुने भन्दै विधान महाधिवेशनबाट वरिष्ठ नेता भन्ने पद नराख्न सुझाव दिएका हुन ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार २२:३७