९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

नारायण खतिवडाको सन्देशः पर्खिनुस् म पनि एमालेमै आउँदैछु सँगै काम गरौँला

२३ साउन, काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर २ का सांसद नारायणप्रसाद खतिवडाले आफू एमालेमै फर्किने सन्देश दिएका छन । एक विज्ञप्ति प्रकाशित गर्दै नेता खतिवडाले आफू पनि केही समयमा एमालेमै फर्किने भन्दै पार्टीका गतिबिधि मिलेर गर्न प्रस्ताव गरेका छन ।

माधव नेपाल समूहमा रहेर एमालेविरूद्धकै गतिबिधिमा संलग्न खतिवडाले केही समययता नेता कार्यकर्तासँगको भेटमा शेरबहादुर देउवाका लागि आफ्नो हस्ताक्षर बेचिएकोमा प्रश्चाताप गर्दै आएका थिए। केही साता अघि एमाले नुवाकोटको सचिवलाय बैठकमा सम्बोधन गर्नेक्रममा नेता ठाकुर गजुरेलले खतिवडाको सन्दर्भ उल्लेख गर्दै गल्ती महशुष गरेर खतिवडा एमालेमै फर्किन चाहेको बताएका थिए ।

केन्द्रीय राजनीतिमा अझै घोचपेच र दाउपेच चलिरहेको भए पनि खतिवडाले भने १० बुँदे सहमतिको जगमा आन्तरिक एकतामा जोड दिँदै केही दिनमै पार्टी एक हुने भएकाले सँगै पार्टीका गतिबिधि गरौँला भन्ने प्रस्ताव गरेका छन । खतिवडा संलग्न रहेको गुटको केन्द्रीय कमिटीको बैठकले  शुक्रबार मात्रै एमालेले स्वीकार गरेको २२ दिनपछि १० बुँदे सहमति अनुमोदन गरेको थियो । खतिवडाको यो विज्ञप्तिलाइ अर्थपूर्ण रूपमा हेरिएको छ।

उता एमालेको संस्थापन समूहले भने पालिका पालिकामा पार्टीको मात्रै होइन भ्रातृ संगठनको समेत नयाँ नेतृत्व चुन्ने, भेला, बैठक र प्रशिक्षण चलाउने काम गर्दै आएको छ । शनिबारमात्र विदुर नगरकमिटीमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।

प्रकाशित मिति : August 7, 2021 at 8:58 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/