९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

बहुमुल्य धर्मग्रन्थ भन्दै तीन करोड ठग्ने नुवाकोटका आशिष लामासहित दुई जना पक्राउ

२२ साउन, काठमाडाैँ । पुरातात्विक धार्मिक महत्त्वको बहुमुल्य धर्मग्रन्थ हो भनि ठग्ने नुवाकोटका एकसहित दुई जना पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाले  महत्वपूर्ण धर्मग्रन्थ भन्दै तीन करोड २५ लाखमा खरिदबिक्री हुन लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०१ घर भई हाल काठमाडाैँ माकलबारी बस्ने आशिष लामा तामाङ र जिल्ला भोजपुर रामप्रसाद गा.पा. वडा नं. ७ घर भई हाल काठमाडाैँ बस्ने रजिन राई रहेका छन । प्रहरीका अनुसार साउन १४ गते उदयपुर चौदण्डिगढी न.पा. वडा नं. ०८ घर भई हाल का.जि.गोकर्णेश्वर न.पा. वडा नं. ०८ आरुबारी बस्ने हेम प्रकाश मगरलाई प्राचिन पुरातात्विक बौद्ध ग्रन्थको तीन करोड २५ लाखमा खरिद बिक्री गर्ने भनी तेह्र लाख उनान्नब्बे हजार ठगी गरेका उनीहरू हिरासतमा रहेका छन ।

प्रकाशित मिति : August 6, 2021 at 2:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/