२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

भुटानले दिएको ३ लाख डोज खोप काठमाडौँ आइपुग्यो

२२ साउन, काठमाडौँ । भुटानले दिएको कोभिड- १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।  भुटान सरकारले नेपाललाई सहयोग स्वरूप एस्ट्रजेनेकाको खोप उपलब्ध गराएको हो ।  शुक्रबार बिहान भुटानको डुक एयरको कार्गो विमान ९ : ४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

भुटानबाट नेपालले प्राप्त गरेको एस्ट्राजेनेका खोप अब कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी नागरिकहरूलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १२:३२