२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कालिञ्चोकको पहिरोमा बागमतीका आन्तरिक मामिलामन्त्री पाण्डे, पीडितलाई राहत दिइने

२२ साउन, दोलखा । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय केशव राज पाण्डेले शुक्रबार दोलखाको कालिञ्चोकमा रहेको रानीवन पहिरोको स्थलगत निरीक्षण गरेका छन । कालिञ्चोक ५ मा गएको पहिरोको निरीक्षण गर्दै मन्त्री पाण्डेले पीडितका लागि तत्कालै राहत र उद्धारको काम अघि बढ्ने बताएका छन ।

मन्त्री पाण्डेले आवश्यक सहयोग तत्काल नै प्रदेश सरकारले दिने भएकाले गाउँपालिकाले वस्ती स्थानान्तरणका लागि बाँकी प्रकिया पनि चाँडै सुरू गर्नुपर्ने बताए । बस्तीको बिचमा तलबाट र माथिबाट पहिरो गएपछि ठूलो वस्ती नै जोखिममा रहेको छ । सो अवसरमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, प्रदेश योजना आयोग उपाध्यक्ष श्याम बस्नेत, जिल्ला समन्वयन समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरी जिल्ला प्रमुख लगायत सहभागी रहेको पत्रकार प्रशान्तजंग पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ११:०४